४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, उच्च अंकले बजार घट्दा पनि आज कमाउनेहरु कुनकुन हुन् ?

काठमाडौं । आइतबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत बढेको हो ।
आइतबार राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८५९ रुपैयाँ बढेर २० हजार ४४९ रुपैयाँ पुगेको छ। यस्तै, एलआइसी नेपालको पनि प्रतिकित्ता २०६ रुपैयाँ ५० पैसा बढेर २ हजार २७१ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, उक्त दिन मल्टीपर्पसको ७७४ रुपैयाँ ४० पैसा र सम्पदाको १ हजार १६२ रुपैयाँ ७० पैसा कायम भएको छ।
उक्त दिन लिवर्टी इनर्जीको सेयर मूल्य पनि ९.९३ प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ बढेर ३३२ रुपैयाँ कायम भएको छ ।
उक्त दिन रिलायन्स फाइनान्स, उन्नती सहकार्य लघुवित्त लगायतका लगानीकर्ताले कमाएका छन् ।
