सेयर बजारमा उच्च गिरावट

काठमाडौं । आज बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार मापक नेप्से परिसूचक ५५.५९ अंकले घटेर २७७४.६० शुन्य अंकमा झरेको छ ।
यो अवधिसम्म ६ अर्ब माथिको कारोबार भएको छ । ३०२ कम्पनीको १ करोड ९ लाख ४३ हजार कित्ता सेयर खरिबिक्री भएको छ ।
४४ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ ।