आज यी कम्पनीले बनाए लगानीकर्ता मालामाल, कसको कति बढ्यो सेयर भाउ ?

काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ। साताका अन्तिम कारोबार दिन बजार १२ अंकले घटेको हो । तर, बजार घट्दा पनि अधिकांश लघुवित्तका लगानीकर्ताहरुले भने उच्च दरमा कमाएका छन् ।
बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ४७० रुपैयाँ वृद्धि भएको हो ।योसँगै आज कम्पनीको सेयर मूल्य ५ हजार १७० रुपैयाँ कायम भएको छ।
उक्त दिन युनिक नेपाल लघुवित्तको सेयर मूल्य पनि ९.१४ प्रतिशत वृद्धि भएको छ। कम्पनीको सेयर भाउ प्रतिकित्ता २३३ रुपैयाँ वृद्धि भई २ हजार ७८३ रुपैयाँ कायम भएको छ।
यस्तै, आज नेष्डो समृद्धिको सेयर मूल्य पनि ८.४३ प्रतिशत, अपर हेवाखोलाको ७.९२, गुडविल फाइनान्सको ७.८३ प्रतिशत, सृजनशील लघुवित्तको ७.८०, अपर सोलुको ७.७३, विन नेपालको ७.५८ र सर्पोट लघुवित्तको ६.८१ प्रतिशत वृद्धि भएको छ ।
साताको अन्तिम कारोबार दिन यी कम्पनीहरुसहित उन्नती सहकार्य लघुवित्त, अभियान लघुवित्त, पिपुल्स पावर, गणपति, समाज लघुवित्त, थ्रिस्टार हाइड्रो लगायतका लगानीकर्ता उच्च दरमा कमाएका छन् ।

