असोजमा २ हाइड्रोपावरको लकइन पिरियड सकिँदै, कुनको कित्ता कति ?
काठमाडौं । असोज महिनामा नेप्सेमा सूचीकृत २ कम्पनीको सेयरको लकइन पिरियड सकिँदैछ । साहस ऊर्जा र बुद्धभूमि हाइड्रोपावरको सेयरको लकइन पिरियड सकिन लागेको हो ।
यी कम्पनीहरूले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र आफ्ना कर्मचारीका लागि जारी गरेको सेयरको लकइन अवधि सकिन लागेको हो ।
जसमा साहस ऊर्जाको २ करोड ८२ लाख १० हजार कित्ता सेयरको लकइन पिरियड आगामी असोज १६ गते सकिँदैछ । कम्पनीको संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, स्थानीयको ३५ लाख कित्ता र कर्मचारीको नाममा रहेको २ लाख १० हजार कित्ता सेयरको लकइन पिरियड सकिने भएको हो ।
त्यसैगरी, बुद्धभूमि हाइड्रोपावरको ३२ लाख १६ हजार कित्ता सेयरको लकइन पिरियड आगामी असोज २१ गते सकिने भएको छ । कम्पनीको संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको नाममा रहेको १६ हजार कित्ता सेयरको लकइन सकिने भएको हो ।
सबै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्नेछ ।