यो वर्षका लागि १२ प्रतिशत लाभांश घोषणा गरेको कामना सेवाले १ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
३० भाद्र २०८१, आईतवार

यो वर्षका लागि १२ प्रतिशत लाभांश घोषणा गरेको कामना सेवाले १ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले एक लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि ३५ दिनको म्याद राखेर उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरका लागि बिक्रीमा ल्याएको थियो । तर, तोकिएको उक्त अवधिमा कुनै पनि संस्थापक सेयरधनीहरुको आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुकले आजैका मितिले ७ दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरि आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा के कति कित्ता सेयर खरिद गर्ने इच्छुक हो व्यहोरो खुलाई पेश गर्नुपर्नेछ । थप जानकारीका लागि बैंकको सेयर विभागमा सम्पर्क गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्