६ कम्पनीको थप २ करोड ४२ कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । एक महिनामा साढे दुई कित्ता सेयर सूचीकृत भएको छ । भदौ महिनामा आधा दर्जन कम्पनीहरुको २ करोड ४२ लाख ७१ हजार ६३८ कित्ता सेयर सूचीकृत भएको छ ।
भदौमा तीन कम्पनीको बोनस सेयर, दुई कम्पनीको हकप्रद र एक कम्पनीको एफपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको भएको हो ।
नेप्सेका अनुसार मैलुङ खोला जलविद्युतको ८१ हजार ७६८.२४ कित्ता, सीइडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र नेपाल पुनर्बीमा कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआइडीसीएल) को १ करोड ६८ लाख ५९ हजार ५० कित्ता र बेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४.५७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
यस्तै, सूर्योदय वोमी लघुवित्तको ४६ हजार ७२९.५५ कित्ता एफपिओ नेप्सेमा सूचीकृत भएको हो ।