तीन कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?
काठमाडौं । साताको पहिलो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आइतबार इस्टन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ७८ रुपैयाँ वृद्धि भई ८५८ रुपैयाँ कायम भएको छ।
यस्तै, आत्म निर्भर लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता ५१५ रुपैयाँ वृद्धि भई ५ हजार ६६५ रुपैयाँ कायम भएको छ।
यता, अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता ७१.८० रुपैयाँ वृद्धि भई ७८९.८० रुपैयाँ कायम भएको छ ।
उक्त दिन यी तीन कम्पनीसहित सयपत्री हाइड्रोपावर , सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम लगायतका लगानीकर्ता कमाएका छन्।