हुलास फिनसर्भ हायर पर्चेजले आइपिओ निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ ।
हुलास फिनसर्भले बिस लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण शेयर निष्काशनको लागी एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
२०८१ असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेजका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नियामक निकाय नेपाल त्रितोपत्र बोर्डबाट सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी सेयर निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
हुलास फिनसर्भ हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।