दशैँ अघिको अन्तिम दिन सामान्य बढ्यो सेयर बजार, करीब पौने ३ अर्बको कारोबार

काठमाडौं । दशैँ अघिको अन्तिम कारोबारदिन सेयर बजार सामान्य अंकले बढेको छ । उतारचढावका बीच बजार सामान्य अंकले बढेर बन्द भएको हो ।
यसदिन सेयर बजार मापक नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ बिन्दुमा बन्द भएको छ ।
कारोबार अवधिभर २९४ कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । नेप्सेमा सूचीकृत १३ उपसूचकमध्ये ९ उपसूचक हरियाली बन्द ४ वटा राताम्य बने ।मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल फाइनान्स कारोबारको अग्रस्थानमा रह्यो ।