सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि घट्यो « Arthapath.com
८ कार्तिक २०८१, बिहीबार

सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले घटेको हो ।

बुधवार पनि बजार २० अंकले घटेको थियो । आज पनि १८.२५ अंकले घटेर बन्द भएको छ । उक्त दिन बजार परिसूचक २ हजार ६२७.१४ अंकको बिन्दुमा पुगेर बन्द भएको हो ।

आज हाइड्रोपावर समूहमा ११.६५ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि सुस्ताएको छ । बुधवार ६ अर्ब बढीको कारोबार भएको थियो । तर, घटेर ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।

बिहीबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, साहस उर्जाको २४ करोड ९३ लाख ५४ हजार, आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख र पिपुल्स हाइड्रोपावरको २४ करोड ५५ लाख २४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्