सेयर बजारको ओरालो यात्रा कायमै, खुम्चियो कारोबार रकम
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ९.१९ अंकले घटेको हो ।
गत बिहीबाबर पनि बजार १८.२५ अंकले घटेको थियो । बजार लगातार तीन कारोबार दिन घटेको छ । बुधवार पनि २०.४१ अंकले घटेको थियो । बजारको ओरालो यात्रा आज पनि कायमै देखिएको छ ।
आज बजार परिसूचक २ हजार ६१७.९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह ३७.१६ अंक, होटेल तथा पर्यटन समूह ४४.०३ अंक, जलविद्युत समूह १५.३८, जीवन बीमा समूह १४६.७२ अंक वृद्धि भएका छन् । यी बोहकका अन्य समूह भने राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भएको हो ।
आज आइसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । कारोबार रकमका आधारमा दोस्रो सूचीमा रहेको नेपाल एसबिआई बैंकको २१ करोड ६२ लाख ३२ हजार रुपैयाँको सेयर किनेबच भएको छ ।