आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
२० कार्तिक २०८१, मंगलवार

आज समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । आज समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ ।

लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । सोही एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने कम्प्नीले जनाएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीको एफपीओमा आवेदन ओइरो छ । सोमबार बेलुकासम्म कम्पनीको एफपीओमा १ अर्ब ७७ करोड २३ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ११ लाख ७१ हजार ४६५ जना आवेदकहरुले १ करोड ७७ लाख २३ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्