चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, आज क-कसले कमाए ?
काठमाडौं । साताको तेस्रो कारोबार दिन चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
मंगलबार गुराँस लघुवित्तत्र, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
आज गुराँसको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २२९.९० रुपैयाँ वृद्धि भई २ हजार ५२८.९०, मेन्छियामको पनि १० प्रतिशत अर्थात् ५३.९० रुपैयाँ वृद्धि र्भ ५९२.९० रुपैयाँ कायम भएको छ ।
यता, बेष्ट फाइनान्सको पनि ९.९९ प्रतिशत (प्रतिकित्ता ६७.७० रुपैयाँ) र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशत (प्रतिकित्ता ८६.१२ प्रतिशत) वृद्धि भई क्रमशः ७४५.६० रुपैयाँ र ९४८.३० रुपैयाँ कायम भएको छ ।
सो दिन समृद्धि फाइनान्सको सेयर भाउ पनि ९.६१ प्रतिशत, समाज लघुवित्तको ७.२५, सर्पोट माइक्रोफाइनान्सको ७.२२, कुथेली बुखरीको ७.१९ प्रतिशत वृद्धि भएको छ।
आज यी कम्पनीसहित मन्दाकिनी हाइड्रोपावर, जानकी फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् ।