सेयर बजारमा भारी गिरावट, सबै सूचक राताम्य

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार मापक परिसूचक नेप्से ५१.३७ अंकले घटेको छ ।
कारोबार अवधिभर ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ किन्त्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटै सूचक राताम्य बनेको छ । कारोबारमा आएकामध्ये १५ कम्पनीको मात्र मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घट्दा २ कम्पनीको स्थिर छ ।
यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । जानकी फाइनान्सको सर्वाधिक ९.५८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन डेभलपमेन्ट लिमिटेड अगाडि छ । यस कम्पनीको २६ करोड ४५ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।