सेयर बजारमा दोहोरो अंकको गिरावट, प्रभू बैंकमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार २१.१२ अंकले घटेको छ । लगातार चार दिनको बढोत्तरी पछि आज बजारमा करेक्सन आएको छ ।
आज बजार परिसूचक १ हजार ६०९.५८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज माइक्रोफाइनान्स समूह ५५.५० अंक, अन्य समूह ५.७६ र म्युचुअल फन्ड सामान्य बढेको छ। यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।
उक्त दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज १ करोड १० दाख ९९ हजार २३ कित्ता सेयर किनबेच भएको हो ।
आज प्रभू बैंकमा लगानीकर्ता झुम्मिएका छन् । आज बैंकको २६ करोड १० लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, आज जानकी फाइनान्सको १६ करोड ९ लाख ४१ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।