लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, कारोबार रकममा केही सुधार « Arthapath.com
१९ असार २०८२, बिहीबार

लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, कारोबार रकममा केही सुधार



काठमाडौं । लगातर तेस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज पनि बजार १५.५४ अंक घटेको छ । आज बजार परिसूचक २ हजार ५९४.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार पनि बजार २५.४१ अंक घटेको थियो । त्यसभन्दा अघिल्लो दिन अर्थात् गत बिहीबार पनि बजारमा १८.१४ अंकको गिरावट आएको थियो ।

सोमबार पनि सबै समूहहरु राताम्य बनेका छन् । आज व्यापार समूह १.८९ प्रतिशत, होटेल तथा पर्यटन समूह १.३६ प्रतिशत, फाइनान्स समूह १.३२ प्रतिशत घटेको छ ।

आज कारोबार रकम भने केही बढेको छ । उक्त दिन ६ अर्ब ६२ करोड ५२ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ४५ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख, हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख, सिन्धु विकास बैंकको १३ करोड ३३ लाख, सानिमा मिडल तमोर १२ करोड ९९ लाख, सुपर मादीको ११ करोड ५८ लाख, तारागाउँ होटलको १० करोड ६८ लाख, रिभर फल्स पावरको १० करोड ५३ लाख र हिमालयन रिइन्स्योरेन्सको १० करोड १५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्