सेयर बजारमा सामान्य वृद्धि, ६ अर्ब माथिको कारोबार « Arthapath.com
८ माघ २०८१, मंगलवार

सेयर बजारमा सामान्य वृद्धि, ६ अर्ब माथिको कारोबार



काठमाडौं । मंगलबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । बजारमा सामान्य वृद्धि देखिए पनि उत्साह भने देखिएको छैन ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ दिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको थियो ।

यस दिन १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।


प्रतिक्रिया दिनुहोस्