साताको तेस्रो कारोबार दिनः कसले कति कमाए, कसले गुमाए ?

काठमाडौं । मंगलबार मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ९१.५० रुपैयाँ बढेर १ हजार ६.५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८.०६ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५३ प्रतिशत, सीइडीबी होल्डिङको ६.९३ प्रतिशत वृद्धि भएको छ ।
आज यीसहित नेपाल रिइन्स्योरेन्स, हिमालयन पावर, मुक्तिनाथ कृषि विकास, हिमालयन एभरेष्ट, माथिल्लो मैलुङ खोला लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


तर, साताको तेस्रो कारोबार दिन रिभर फल्स पावरको लगानीकर्ताले भने सर्वाकि गुमाएका छन् । आज कम्पनीको सेयर भाउ ८.९६ प्रतिशत घटेको छ ।
मंगलबार एलबिबिएल डिबेन्चर (११ प्रतिशत) को सेयर भाउ ७.१२ प्रतिशत, मानुषी लघुवित्तको ६.७५ प्रतिशत, सिटिजन बैंकको डिबेन्चर २०९०को ५.७६ प्रतिशत, जानकी फाइनान्स ५.६७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.३९ प्रतिशत र पोखरा फाइनान्सको ५.०३ प्रतिशत घटेको छ ।
यी कम्पनीसहित आज भुगोल इनर्जी, विन नेपाल लघुवित्त, हिमालयन हाइड्रोपावर लगायतका लगानीकर्ता गुमाएका छन्।

