तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरकमा कमाउनेहरु « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरकमा कमाउनेहरु



काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीबार सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर भाउ १० प्रतिशत बढेको हो ।

आज सामूदायिक लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १९९.८० रुपैयाँ, कर्पोरेटको १७५.७० रुपैयाँ र सिक्लेसको ९१.५० रुपैयाँ वृद्धि भएको छ।

उक्त दिन सप्तकोशी डेभलपमेन्टको सेयर भाउ ९.८९ प्रतिशत, धौलागिरी लघुवित्तको ९.८४ प्रतिशत, नारायणी डेभलपमेन्टको ८.४६ प्रतिशत, दोल्ती पावरको ८.१० प्रतिशत वृद्धि भएको छ।

आज यीसहित युनाईटेड इदी मर्दी आरवि, सपोर्ट लघुवित्त, नेपाल रिपब्लिक मिडिया, ङादी ग्रुप लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्