सेयर बजारमा झिनो अंकको वृद्धि, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको छ । नेप्सेको झिनो बढोत्तरीले लगानीकर्ता अझै पर्खा र हेरको वास्थामा रहेको देखाउँछ ।
कारोबार रकम पनि मंगलबारको तुलनामा केही बढेको छ । यस दिन ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस दिन ३०७ कम्पनीको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भयो। यस दिन ४ उपसूचक मात्र बढेका छन् भने बाँकी ९ उपसूचक घटेका छन् ।
कारोबारमा आएकामध्ये १३४ कम्पनीको मूल्य बढेका छन् भने ९९ कम्पनीको घटेका छन् ।
गार्डीयन माईक्रो लाइफ, रिभर फल्स, न्यादी पावर, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लगायत कम्पनीको सेयर मूल्य बढ्यो।
यता उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।