ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ।
आइतबार नेप्सेमा बैंकको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको बोनस सेयर नेप्सेमा सूचीकरण गरेको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।