बजार बजारमा रौनकता, २९.८७ अंकको बढोत्तरी

काठमाडौं । सेयर बजारमा रौनकता देखिएको छ । सोमबार पनि बजार २९.८७ अंक बढेको छ। साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७२७.९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज फाइनान्स समूह २४.८० अंक, व्यापार समूह ५५ अंक र हाइड्रोपावर समूह ६.०७ अंक घटेको छ । यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन १६६ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । तर, ७४ वटाको भने घटेको छ ।

आज कारोबार रकम पनि वृद्धि भएको छ । आज १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ६४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, सिइडीवी होल्डिङ्गको २७ करोड ४३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ४७ लाख, रिलायन्स फाइनान्सको २४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।