बजारमा थपियो तीन कम्पनीको बोनस सेयर, कुन कति कित्ता ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजारमा थपियो तीन कम्पनीको बोनस सेयर, कुन कति कित्ता ?



काठमाडौं । सेयर बजारमा थप सोढ ९४ लाख कित्ता बोनस सेयर थपिएको छ । तीन वटा कम्पनीको ९४ लाख ४४ हजार ३१ कित्ता बढी बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बिहीबार कृषि विकास बैंक, फर्स्ट माइक्रोफाइनान्स र शिवम सिमेन्टको बोनस सेयर सूचीकृत भएको छ ।

कृषि विकास बैंकको ३ प्रतिशत बापतको ४० लाख ३५ हजार ५०२.२२३४ कित्ता, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बापतको ११ लाख १० हजार ४४४.२१ कित्ता र शिवम सिमेन्टको ८.५५ प्रतिशत बापतको ४२ लाख ९८ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्