विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट, आज कुन-कुन कम्पीको सेयर भाउ घट्यो ?

काठमाडौं । सोमबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।
आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ४१९.९० रुपैयाँ घटेर ३ हजार ७७९.१० रुपैयाँ कायम भएको छ ।
साताको दोस्रो कारोबार दिन भुगोल इनर्जीको सेयर भाउ पनि ५.४२ प्रतिशत, लक्ष्मी लघुवित्तीको ५.३८ प्रतिशत, रिलायन्स फाइनान्सको ४.६८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घटेको छ। यी सहित आज १४५ वटा कम्पनीहरुले गुमाएका छन् ।

