लगातार चौथो दिन पनि घट्यो सेयर बजार, दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । उतारचढावका बीच आज बजार झिनो अंकले घटेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा झरेको छ ।
यस दिन १० अर्ब १० करोड १८ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अवधिभर ३१० कम्पनीको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।
यसदिन १३२ कम्पनीको सेयर मूल्य घट्यो भने ९९ कम्पनीको मूल्य बढ्यो । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज बैंकिङ समूह, विकास बैंक समूह, उत्पादन तथा प्रशोधन समूह र लघुवित्त समूह बाहेक अन्य सबै सूचक घटेका छन् ।
गार्डीयन माइक्रो लाइफ र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै उपकर लघुवित्त, राप्ति हाइड्रो, र महालक्ष्मी विकास बैंक लगायर कम्पनीको पनि सेयर मूल्य बढेका छन् ।
यता नबिल डिबेन्चर २०८२ को मूल्य सर्वाधिक १० प्रतिशत घट्यो । गुराँस लघुवित्तम लाइफ इन्स्योरेन्स कर्पोरेसन, गरिमा समृद्धि योजना लगायतको मूल्य घटेका छन् ।
कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे । दुवै कम्पनीको १ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भयो ।