लगातार ओरालो यात्रामा सेयर बजार, नेप्सेसँगै घट्यो कारोबार « Arthapath.com
२६ फाल्गुन २०८१, सोमबार

लगातार ओरालो यात्रामा सेयर बजार, नेप्सेसँगै घट्यो कारोबार



काठमाडौँ । सोमबार पनि सेयर बजार ओरालो लागेको छ । योसँगै सेयर बजार लगातार छैटौं दिन घटेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २०.६८ अकंले घटेर २७५१.४२ बिन्दुमा कायम भएको छ ।

सोमबार कारोबार रकम पनि घटेको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।
आइतबार १० अर्बमाथिको कारोबार भएको थियो ।

आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।

यस दिन ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्