साताको पहिलो कारोबार दिन: कसले कमाए, कसले गुमाए ? « Arthapath.com
३ चैत्र २०८१, आईतवार

साताको पहिलो कारोबार दिन: कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आइतबार कम्पनीको सेयर भाउ ८.१९ प्रतिशत वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँ बढेर २ हजार ३९० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन विशाल बजार कम्पनी, आरएसडिसी लघुवित्त, अपर हेवाखोला लगायत लगानीकर्ता कमाएका छन् । आज ३१ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ।

तर, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने ७.९१ प्रतिशत गिरावट आएको छ । आज कम्पनीको सेयर भाउ प्रतित्तिा १०८ रुपैयाँ घटेर १ हजार २५८ रुपैयाँ कायम भएको छ ।

यता, पिपुल्स हाइड्रोपावरको सेयर भाउ पनि ७.३३ प्रतिशत घटेको छ । साताको पहिलो कारोबार दिन विन नेपाल लघुवित्त, प्रभू इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लगायतका लगानीकर्ताले गुमाएका छन् । समग्रमा आज २०७ वटा कम्पनीको सेयर भाउ घटेको छ ।


प्रतिक्रिया दिनुहोस्