सेयर बजारको गिरावट कायमै, सुस्ताउँदै कारोबार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सेयर बजारको गिरावट कायमै, सुस्ताउँदै कारोबार



काठमाडौं । सेयर बजारको गिरावट कायमै छ । सोमबार पनि बजार दोहोरो अंक घटेको छ ।

सातको दोस्रो कारोबार दिन बजार १०.१४ अंक घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार७०४.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन उत्पादन तथा प्रशोधन समूह ३२.७० अंक, होटल तथा पर्यटन १२.०३, फाइनान्स समूह ३.१६ अंक र लगानी समूह झिनो ०.२० अंक वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।

आज बजारसँगै कारोबार रकम पनि सुस्ताएको छ । आज ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आइतबार भने ६ अर्ब बढीको सेयर खरिदबिक्री भएको थियो ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ४३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस्तै, नेपाल रिन्स्योरेन्सको पनि ३० कोड ७४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५९ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्