सुस्ताउँदै सेयर मार्केट, बजारसँगै कारोबार रकममा पनि निरन्तर गिरावट « Arthapath.com
५ चैत्र २०८१, मंगलवार

सुस्ताउँदै सेयर मार्केट, बजारसँगै कारोबार रकममा पनि निरन्तर गिरावट



काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार बजार ७.६६ अंक घटेको हो ।
बजारको गिरावट कायमै छ । आइतबार २१.६३ अंक र सोमबार १०.१४ अंक घटेको थियो ।

मंगलबार बजार परिसूचक २ हजार ६९७.०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ८६ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने १५२ वटा कम्पनीको भने घटेको देखिन्छ ।

आज बैंकिङ्ग, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स लगायत सबै समूहहरु राताम्य बनेका छन् । अन्य समूह शीर्षकको इन्डेक्स भने सामान्य २.६८ अंक वृद्धि भएको छ।

बजारसँगै कारोबार रकम पनि निरन्तर घटीरहेको छ । मंगलबार ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिबिक्री भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख, नेपाल पुनर्बीमाको १८ करोड ३ लाख, एलआइसी नेपालको १६ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्