उपकार लघुवित्तको ‘लक इन’ अवधि वैशाख ८ गते सकिँदै

काठमाडौं । उपकार लघुवित्तको ‘लक इन’ अवधि २०८२ वैशाख ८ गते सकिने भएको छ । कम्पनी लकइन अवधि वैशाख ८ गते सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीको सेयर अन्य सरह कारोबार गर्न सकिने छ ।
उपकारको २०७९ साल वैशाख ९ गते सेयर बाँडफाँट भएको थियो । हाल उपकारको ४ लाख २० हजार कित्ता संस्थापक सेयर र ३ हजार २८१ कित्ता कर्मचारीहरुको सेयर ‘लक इन’ रहेको छ ।