सेयर बजारको ओरालो यात्रामा ब्रेक, सबै सूचक हरियाली « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सेयर बजारको ओरालो यात्रामा ब्रेक, सबै सूचक हरियाली



काठमाडौं । सेयर बजारको लगातारको ओरालो यात्रामा आज ब्रेक लागेको छ । सोमबार सेयर बजार ३०.५२ अंक अर्थात् १.१६ प्रतिशतले बढेको छ । योसँगै नेप्से परिसूचक २६४५.२० बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर ९७ करोड ३९ हजार ७३८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

लगातार ६ दिनको गिरावटपछि बढेको बजारमा कारोबार रकम भने सुताएको छ । आइतबार ५४ अंकले घटेको बजारमा ६ अर्ब माथिको कारोबार भएको थियो ।

यसदिन सबै सूचकमा हरियाली छाएको छ । बजार बढ्दा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ ।

यसदिन गार्डीयन माइक्रो लाइफ, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, स्वेत गंगा हाइड्रोपावर, रिलायन्स लाइफ लगायत कम्पनीको मूल्य बढेको छ ।

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र, युनाइटेड मोदी हाइड्रोपावर लगायत कम्पनीको मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । कमपनिको ३२ करोड ६९ लाख ७७ हजार रुपैयाँको कारोबार भयो । त्यसपश्चात सीईडीबी होल्डिङ्स्, नेपाल पुनर्बीमा कम्पनी, गार्डीयन माइक्रो लाइफ र सिन्धु विकास बैंक क्रमश: कारोबारमा अगाडि रहे ।


प्रतिक्रिया दिनुहोस्