सेयर बजारमा भारी गिरावट, २६ सयको बिन्दुबाट झर्यो नेप्से

काठमाडौं । मंगलबार सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । राजनीतिक क्षेत्रको तरंगले सेयर बजारमा समेत ठूलो प्रभाव परेको छ ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.११ प्रतिशत अर्थात् ५५.९० अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २५८४.८८ बिन्दुमा झरेको छ ।
यसदिन ४ कम्पनीको मात्र सेयर मूल्य बढेका छन् । २४० कम्पनीको मूल्य घटेका छन् ।
कारोबार अवधिभर ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै सूचक राताम्य बन्दा फाइनान्स, विकास बैंक, हाइड्रोपावर सेक्टर बढी प्रभावित भएका छन् ।
गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त र उपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको मात्र सेयर मूल्य बढेका छन् ।
यता नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, उपर हेवाखोला हाइड्रोपावर, विन नेपाल लघुवित्त लगायत कम्पनीको सेयर मूल्य घटेका छन्।
कारोबार रकमका आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर किनबेच भयो ।
त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होलड़िङ पनि सर्वाधिक कारोबार हुनेको सूचीमा छन् ।