थप एक कम्पनीको १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

थप एक कम्पनीको १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको ९.५०७९ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकरण गराएको हो ।

अब उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्