क्रेष्ट माइक्रो लाइफक आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्ला पहिलो कारोबार ? « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

क्रेष्ट माइक्रो लाइफक आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्ला पहिलो कारोबार ?



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । बुधवार कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीले कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको छ । सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता अर्थात् ३० प्रतिशत र संस्थापक सेयरधनीहरुको लगानी गरेको ५२ लाख ५० हजार अर्थात् ७० प्रतिशत सेयर सूचीकृत भएको हो ।

कम्पनीको सेयर सीआरइएसटी (CREST) सिम्बलबाट भोलि अर्थात् चैत २८ गते बिहीबारदेखि नै कारोबारमा आउनेछ ।
नेप्सेले पहिलो कारोबारका लागि १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँ ओपनिङ्ग सुरुवाती रेन्ज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्