सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि सुस्तायो « Arthapath.com
१० बैशाख २०८२, बुधबार

सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि सुस्तायो



काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । बुधवार पनि सेयर बजार दोहोरो अंकमा घटेको छ ।

साताको चौंथो कारोबार दिन बजार ३२.४४ अंक घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ६५५.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज म्युचुअल फन्ड झिनो ०.०४ अंक वृद्धि भएको छ । अन्य समूहहरु पुरै राताम्य बनेका छन् ।

उक्त दिन २८ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ, २१७ वटाको भने गिरावट आएको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्