२१७ वटा कम्पनीको सेयर भाउ घट्यो, कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । आज पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । बैंकको सेयर मूल्य १० प्रतिशत घटेको हो ।
आज बैंकको सेयर भाउ प्रतिकित्ता २४७.१० रुपैयाँ घटेर २ हजार २२४.८० रुपैयाँ कायम भएको छ ।
यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य पनि ५.५९ प्रतिशत, नेपाल हाइड्रोको ५.३८ प्रतिशत र सिन्धु विकास बैंकको ५.०४ प्रतिशत घटेको छ । आज यीसहित २१७ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

