सेयर बजारमा सामान्य गिरावट, ९ अर्बमाथिको कारोबार « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

सेयर बजारमा सामान्य गिरावट, ९ अर्बमाथिको कारोबार



काठमाडौं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन बजार मापक नेप्से परिसूचक ५.६१ अंकले घटेको हो यो सँगै नेप्से परिसूचक २६२६.३६ बिन्दुमा खुम्चिएको छ।

बजार घटे पनि कारोबार भने मंगलबारको तुलनामा बढेको छ । यस दिन ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसूचकमध्ये पाँच उपसूचक बढे भने आठ उपसूचक राताम्मे बने ।

यसदिन १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३६ कम्पनीको मूल्य घट्यो ।

समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इस्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

विन नेपाल लघुवित्त, सिनर्जी पावर डेभलपमेन्ट, मातृभूमि लघुवित्त, रिडी पावर, हिमालयन पावर पार्टनर लगायत कम्पनीको मूल्य बढेको छ ।

भूगोल इनर्जीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रेजेन्सी होटल, लक्ष्मी लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक लगायत कम्पनीको मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा भने राधी विद्युत अग्रस्थानमा देखियो । कम्पनीको ५८ करोड ४ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।


प्रतिक्रिया दिनुहोस्