आज नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम मौका

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अर्थात् बैशाख २१ गते अन्तिम मौका रहेको छ ।
कम्पनीले गत बैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् ।
कम्पनीका अनुसार संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।