लगातार पाँचौं दिन ओरालो लाग्यो सेयर बजार « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

लगातार पाँचौं दिन ओरालो लाग्यो सेयर बजार



काठमाडौँ । सोमबार पनि सेयर बजार ओरालो लागेको छ। सेयर बजार लगातर पाँचौं दिन ओरालो लागेको हो । यस दिन नेप्से परिसूचक ९.६२ अकंले घटेर २६१०.७६ पुगेको छ ।

आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् भने तीन उपसूचकमा सुधार देखिएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको हो ।

सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ , ओम मेगाश्री लगायतका कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशत, राधि विद्युत कम्पनीको ७.४२ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ७.१७ प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ ।

सोमबार राधि विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ ।

ङादी पावरको ५५ करोड ६२ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४७ करोड १५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्