सेयर बजारमा उछाल : नेप्सेसँगै बढ्यो कारोबार रकम « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

सेयर बजारमा उछाल : नेप्सेसँगै बढ्यो कारोबार रकम



काठमाडौं । बुधबार सेयर बजारमा उछाल देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.३४ प्रतिशत अर्थात् ६१.२६ अंकले बढेको हो । यो सँगै नेप्से परिसूचक २६७२.७० बिन्दुमा उक्लिएको छ । निरन्तर सुस्ताएको बजारमा आज उछाल देखिएको हो ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार अवधिभर ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

१३ उपसूचकमा १३ वटै सूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको सेयर मूल्य २.८० प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, फाइनान्स समूहमा ५.५५ प्रतिशत, जलविद्युत् समूहमा ३.१३ प्रतिशत र लगानी समूहमा ०.९६ प्रतिशतको वृद्धि भएको छ ।

जीवन बिमा समूह सूचकमा २.५४ प्रतिशत, उत्पादन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा २.२२ प्रतिशत, निर्जीवन बिमा समूहमा २.७७ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा ०.५४ प्रतिशतको वृद्धि देखिएको छ ।

२२७ कम्पनीको २२७ कम्पनीको मूल्य बढेका छन् भने १८ कम्पनीको मूल्य घटेका छन् ।

यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, बुटवल पावर, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रोपावर, जानकी फाइनान्स लगायत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, न्यादी हाइड्रोपावर, लक्ष्मी भ्यालु फण्ड-२, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट लगायत कम्पनीको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा भने सानिमा माइ हाइड्रोपावर अगाडि देखिएको छ । कम्पनीको ५९ करोड २० लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्