सेयर बजारमा उच्च अंकको वृद्धि, सबै सूचक हरियाली « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सेयर बजारमा उच्च अंकको वृद्धि, सबै सूचक हरियाली



काठमाडौं । मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ५३ अंकले बढेको हो । योसँगै नेप्सेपरिसूचक २६८१.३६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भयो । यसदिन ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

२२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ । होटल एण्ड पर्यटन र विकास बैंक समूहमा लगानीकर्ता बढी आकर्षित देखिए ।

आज सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, ओम मेघाश्री फर्मास्यूटिकल्स राप्ति हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ ।

यता, विन नेपाल लघुवित्त, एनएमबि ५०, सेन्चुरी डिबेन्चर २०८८ लगायत कम्पनीको मूल्य घटेका छन् ।

राधि विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ । राधी ग्रुपको सर्वाधिक ४१ करोड ८० लाख रूपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्