ओम मेगा श्रीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

ओम मेगा श्रीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १०२.४० रुयैयाँ बढेको हो । योसँगै आज कम्पनीको मूल्य १ हजार १२६.७० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको पहिलो कारोबार दिन महुली लघुवित्तको सेयर मूल्य पनि ८.२५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता १०१.३२ रुपैयाँ बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ ।

यस्तै आइतबार उन्नती सहकार्य लघुवित्तको सेयर भाउ ७.७४ प्रतिशत, सूर्योदय वोमी लघुवित्तको ६.६० प्रतिशत र नेरुडे मिर्मिरे लघुवित्तको सेयर ६.०३ प्रतिशत वृद्धि भएको छ । आज यीसहित ९९ वटा कम्पनीले सेयर मूल्य वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्