सिन्धु र सप्तकोशी विकास बैंकसहित डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । सिन्धु विकास बैंकको सेयर मूल्य उच्च दरमा घटेको छ । आइतबार बैंकको सेयर भाउ ८.१६ प्रतिशत घटेको हो ।
साताको पहिलो कारोबार दिन सप्तकोशी डेलभपेन्ट बैंकको सेयर मूल्य पनि ५.९२ प्रतिशत घटेको छ । सिन्धु र सप्तकोशीको सेयर भाउ आज क्रमशः प्रतिकित्ता ८४५ रुपैयाँ र ८३५ रुपैयाँ कायम भएको छ ।
यी दुई कम्पनीसहित आज १४८ वटाको सेयर भाउ घटेको छ ।


