पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति कित्ता बिक्यो सेयर ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति कित्ता बिक्यो सेयर ?



काठमाडौं । आइतबार राधी विद्युत कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ । कम्पनीको ७१ करोड ४९ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको ९ लाख १७ हजार ४९६ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर भाउ भने ७९०.२० रुपैयाँ कायम भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा युनिभर्सल पावर कम्पनी छ । कम्पनीको आज ३० करोड ३१ लाख ३८ हजार रुपैयाँ बराबरको ७ लाख २२ हजार ४२६ कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, आज ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँ बराबरको ७ लाख ८५ हजार ६९ कित्ता, युनाईटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख १८ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार ८४२ र हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख ९४ हजार रुपैयाँ बराबरको ४ लाख ३१ हजार १६४ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार कुल ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन सोल्टी होटलको १७ करोड ९५ लाख, कुमारी बैंकको १७ करोड ८८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २१ लाख र रिभर फल्स पावरको १६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।


प्रतिक्रिया दिनुहोस्