कुमारी बैंकको ३२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले झन्डै ३२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले आफ्ना सेयरधनीको नाममा रहेको ३१ हजार ९२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ २५ गते) बाट ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
उक्त संस्थापक सेयरको बिक्री भाउ भने बिक्रेताले तोके बमोजिम हुने बैंकले सूचना मार्फत जनाएको छ ।
तोकिएको उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरेको खण्डमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । ।