पाँच कम्पनीको सेयर मूल्यमा उछाल, आज ८६ वटाको भाउ बढ्यो « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

पाँच कम्पनीको सेयर मूल्यमा उछाल, आज ८६ वटाको भाउ बढ्यो



काठमाडौं । आइतबार दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन रिभर फल्स पावर र प्योरे इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत वृद्धि भएको हो ।

उक्त दिन रिभर फल्सको सेयर भाउ प्रतिकित्ता ५२.४० रुपैयाँ बढेर ५७७ रुपैयँ कायम भएको छ । तया, प्योर इनर्जीको पनि प्रतिकित्ता ५१.२० रुपैयाँ बढेर ५६३.५० रुपैयाँ कायम भएको छ ।

उक्त दिन छ्याङ्दी हाइड्रोपावरको सेयर भाउ पनि ८.५७ प्रतिशत, हिमालयन पावरको ८.०३ प्रतिशत , चिलिमेको ७.७९ प्रतिशत, सुपर मादीको ६.५५ प्रतिशत, सिनर्जी पावरको ६.४६ प्रतिशत र मिथिला लघुवित्तको ६.१७ प्रतिशत वृद्धि भएको छ ।
आज यीसहित ८६ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्