जलविद्युतमा लगानीकर्ताको आकर्षण, यी तीन कम्पनीमा झुम्मिए

काठमाडौं । आइतबार राधी विद्युत कम्पनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको हो ।
साताको पहिलो कारोबार दिन कुल ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
त्यसमध्ये ८ लाख ७४ हजार ७६८ कित्ता सेयर भने राधी विद्युत कम्पनीको छ । आज अधिकांश हाइड्रोपावरको सेयरमा लगानीकर्ताको आकर्षक देखिएको छ ।
कारोबार रकमको आधारमा दोस्रो सूचीमा युनिभर्सल पावर छ । आज कम्पनीको ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको किनबेच भएको छ ।
यस्तै, ङादी ग्रुप पावरको ६१ करोड ७१ लाख ६२ हजार, बुटवल पावरको ४४ करोड ५१ लाख ५१ हजार, सानिमा माइको ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
