तीन कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कसको कति बढ्यो ?

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएका छ । बुधवार तीन वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको हो ।
साताको चौंथो कारोबार दिन बुवटल पावर, प्योर इनर्जी र सिनर्जी पावरको सेयर भाउ ९.९९ प्रतिशत वृद्धि भएको हो ।
यस्तै, आज रिभर फल्स पावरको ७.९४ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०६ प्रतिशत, साहस उर्जाको ५.२९ प्रतिशत र युनाईटेड इदी मार्दीको ५.१० प्रतिशत वृद्धि भएको छ ।
आज यीसहित ७७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

