१२४ वटा कम्पनीको सेयर भाउ बढ्यो, दुई वटाको सकरात्मक सर्किट « Arthapath.com
२ असार २०८२, सोमबार

१२४ वटा कम्पनीको सेयर भाउ बढ्यो, दुई वटाको सकरात्मक सर्किट



काठमाडौं । सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साताको दोस्रो कारोबार दिन प्योर इनर्जी र पिपुल्स पावरको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।

आज प्योर इनर्जीको सेयर भाउ प्रतिकित्ता ९०.७० रुपैयाँ बढेर ९९७.८० रुपैयाँ कायम भएको छ । यता, पिपुल्स पावरको सेयर मूल्य पनि ९.९ प्रतिशत अर्थात् प्रतिकित्ता ३६.०७ रुपैयाँ बढेर ३९७.२० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७ प्रतिशत, सोल्टी होटलको ६.३० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फन्डको ६.०७ प्रतिशत वृद्धि भएको छ । आज यीसहित १२४ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्