कहिले सकिँदै छ डिप्रोक्स लघुवित्तको २ लाख कित्ता सेयरको लकइन अवधि ? « Arthapath.com
४ असार २०८२, बुधबार

कहिले सकिँदै छ डिप्रोक्स लघुवित्तको २ लाख कित्ता सेयरको लकइन अवधि ?



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख कित्ता बढी सेयरको लकइन अवधिमा सकिने मिति नजिकिएको छ ।

कम्पनीको कुल २ लाख ३ हजार ८२४ कित्ता शसयरको लकइन आगामी साउन १० गतेपछि सकिने भएको हो ।

कम्पनीका अनुसार संस्थापक तर्फको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीतर्फको १ हजार ४८२ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

डिप्रोक्स लघुवित्तले साविक आदर्श लघुवित्तलाई प्राप्ति गरी अघिलल्लो वर्षको असार १ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो ।

साविक आदर्श लघुवित्त वित्तीय संस्थाको नाममा रहेको उक्त सेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लइकनमा रहेको थियो।


प्रतिक्रिया दिनुहोस्